निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक

अभिनेत्री निरुता सिंहलाई काठमाडौँमा मिसेस नेपाल वल्र्ड २०२६को ग्रान्ड फिनाले समारोहमा क्राउन लगाउँदै ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको छ । अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राजधानीमा सम्पन्न ‘मिसेस नेपाल वल्र्ड २०२६’ को भव्य ग्रान्ड फिनाले समारोहमा उनलाई क्राउन पहि¥याउँदै उक्त मानार्थ उपाधि प्रदान गरिएको हो ।

यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ मिसेस नेपाल वल्र्डको उपाधिबाट सम्मानित गरिसकिएको छ । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि आफ्नो अभिनय प्रतिभामार्फत दर्शकको मन जित्दै आएकी अभिनेत्री निरुता सिंहलाई अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, मिसेस वल्र्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), आयोजक निशुकान्त झा, अश्विनीकान्त झा र शिला बास्तोलालगायतले क्राउन पहि¥याउँदै मानार्थ मिसेस नेपाल वल्र्ड २०२६ को उपाधि प्रदान गरे ।

नेपाली चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल सिंहले अभिनय यात्राका क्रममा हासिल गरेका उपलब्धि, कला क्षेत्रमा पु¥याएको योगदान र उनको प्रेरणादायी व्यक्तित्वको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ब्युटी न्युज नेपाललाई बताए ।

अभिनेत्री निरुता सिंहले सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । पहिलो चलचित्रबाटै दर्शकमाझ परिचित बनेकी उनले त्यसपछि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नो छुट्टै पहिचान स्थापित गरिन् ।

उनले ‘दक्षिणा’पछि ‘रहर’, ‘मितज्यू’, ‘दर्पणछायाँ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठूल्दाइ’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को बिरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’लगायत दर्जनौँ चलचित्रमा अभिनय गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको नयाँ चलचित्र ‘सारथी’ प्रदर्शनको तयारीमा रहेको छ ।

सशक्त अभिनय, आकर्षक व्यक्तित्व र दर्शकमाझको लोकप्रियताका कारण निरुता सिंहले नेपाली चलचित्र क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएकी छन् । अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी थिइन् । उनले ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि समेत गीत गाएकी छन् ।

नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएकी सिंहलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो ।

यसरी अभिनय, कला र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप निरुता सिंहलाई प्रदान गरिएको ‘मानार्थ मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधिले उनको लामो चलचित्र यात्राको अर्को उपलब्धि थपिएको छ ।