ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ
भोटेकोशी एवम् त्रिशुलीमा बु्धबार आएको भिषण बाढीपछि सो क्षेत्रमा ठुलो जन धनको विनाश भएको छ । यस्तो अवस्थामा राहत र पुर्न निर्माणको लागि ठुलो रकम लाग्ने भएको छ । जसका लागि बिदेशबाट रहत एवम् आर्थिक सहयोग आउने क्रम सुरु भएको छ ।
यसै क्रममा नेपालको यो विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न संयुक्त राज्य इमरिट्स युएईले तत्काल मानवीय सहायता स्वरुप १० मिलियन एक रोड अमेरिकी डलर विनियोजन गरेको छ।
युएई सहायता एजेन्सी मार्फत प्रदान गरिएको यो सहयोग युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा आएको त्यहाँको द युएई टाइम्सले जनाएको छ ।






