गसिप न्युज
ब्युटी न्युज नेपाल
काठमाडौं, ३० बैशाख
अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो मिडियाकर्मीसँग नजिकको सम्बन्ध नरहेको, कोही आफन्त मिडियाकर्मी नरहेकोकारण आफुलाई मिडियाले स्थान नदिएको आरोप यस अघि लगाएकी थिईन् । यस्तो अभिव्यक्ती आएपछि यी अभिनेत्रीको केही मिडियाकर्मीले अन्तरवार्ता लिए ।
यिनै अभिनेत्रीले आफु र बर्षा राउतबीच दुश्मनी भएको भन्ने खबर मिडियामा आएको आरोप सहित आफ्नो सामाजिक सञ्जाल फेसबुकमा त्यो कुराको खन्डन गरेकी छिन् । तर उनले भने जसरी वर्षा राउत र वर्षा शिवाकोटीबीच दुश्मनी भएको समाचार चर्चामा रहेका मिडियामा आएको छैन । तथापि आफ्नो रिलिज हुन लागेको चलचित्र बीर बिक्रम २ को प्रचारका लागि यी अभिनेत्रीले फेसबुकमा यस्तो स्टाटस लेखेर पोष्ट गरेको प्रस्टिन्छ ।
‘Dear Barsha Raut खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ । तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही ‘कलाकारिता’ नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरी त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरी केही दिनमा फेरी सुन्न पाइनेछ ‘जेठ ३मा दुई बर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । ‘जात्रै जात्रा’को लागी तिमीलाई शुभकामना ।’
यसरी वर्षा शिवाकोटीको स्टाटसलेखेर फिल्मको प्रचार गर्र्दै सबैको ध्यान आफुतिर तानेपछि अर्की अभिनेत्री वर्षा राउत पनि के कम । उनले पनि शिवाकोटीलाई रमाईलो जवाफ यसरी दिईन् ।
‘ Hello Dear ! त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्का लाई कसरी लिन्छौ भन्ने हो ! हामी आफ्नो आफ्नो काम मा व्यस्त हुदा कुराकानी भेट घाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोण बाट भयौ भन्ने हरु लाई नै थाहा होला ! हामी कलाकार आज एउटा संग भोलि अर्को संग काम गर्न पर्ने हुन्छ ! हाम्रो आफ्नो भनेको काम हो ! कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुदैन ! यसमा कुनै हाम्रो गल्ति देख्दिन ! म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ ! तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना !बाकी भेटमा है साथी ! ’
यी दुबै नायिकाले यसरी यो तरिकाले पनि आफ्नो रिलिज हुन लागेको फिल्मको प्रचार गरे । प्रचार गर्ने यो तरिकालाई मान्नुपर्छ । दुबैले भनेको जस्तै आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने सबैको चाहना छ ।