ब्युटी न्युज नेपाल
पोखरा, ५ माघ
चलचित्र रणवीरमा बिकराल भ्रष्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको निर्माण पक्षले जानकारी गराएको छ । १० माघबाट सिनेमा हलमा रिलिज हुने चलचित्र रणवीरको टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा शनिबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गर्दै यस्तो जानकारी गराएको हो ।
चलचित्रको प्रचारको क्रममा रणवीर युनिट यतीबेला पोखरामा छ । सो क्रममा यसका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय सिनेमा उधोगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको हुँ भने । उनले पत्रकार भेटघाटमा बोल्दै चलचित्र रणवीरमा बिकराल भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए । रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको उनले बताए ।
अभिनेता शुशिल सिटौलाले पत्रकार भेटघाटमा बोल्दै आफु यो चलचित्रमा रणवीरको शिर्ष भूमिकामा रहेको खुलासा गरे,‘यस अघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका बिकृति बिसँगति बिरुद्ध उत्रिएको छु । रणवीरमा दर्शकहरुले मलाई छुट्टै अवतारमा देख्नु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ यो चलचित्रको भूमिकाबारे बोलेर भन्दा पनि काम गरेर देखाएकाले पर्दामा हेरेर त्यसको मुल्याँकन गर्न पनि उनले अनुरोध गरे ।
यो चलचित्रमा शुशिलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।
नवोदित अभिनेत्री एवम् मिसे नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले पहिलो चलचित्र रणवीरबाट आफुले दर्शकको मन जित्नेमा विश्वस्त छु भनिन् । उनले यस अघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताईन् ।
अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् । आफु नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले कार्यक्रममा सुनाईन् ।
यस अघि चलचित्र गाजा बाजा चलचित्र बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन् । निर्माता दीपेन्द्र रेग्मीले रणवीरले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने छ भने । यसमा नेपाली समाजको समसामयिक कथा रहेको रेग्मीले जानकारी गराए । पोखरामै अध्ययन गरेर यहीबाट पत्रकारिता सुरु गरेका स्याङ्जाका निर्माता रेग्मी पत्रकार भेटघाटमा आफ्नो अनुभव सुनाउने क्रममा भावुक भएका थिए ।
कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा ससक्त भएको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफु प्रभावित भएकाले रणवीरमा लगानी गरेको हो भनिन् । उनले नारी निर्माताहरुले पनि राम्रो सिनेमा बनाउन सक्छन भन्ने उदाहरण यो फिल्मबाट आफु बन्ने बताईन् ।
रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ । यो चलचित्रको तिरिमिरी तिन तारा…गीत र ट्रेलरका कारण अहिले चर्चामा छ ।
यसका नायक शुशिल सिटौलाले सुदुर पश्चिममा छायाँकन गरिएको यो फिल्ममा स्थानीय भाषाशैली प्रयोग गरिए पनि रणवीरमा आफु रणवीर बनेर राष्ट्रिय समस्याका बिरुद्ध उत्रिएको छु भने । सिनेमामा आफुले रणवीर बन्न निकै मेहनत गरेको र त्यो मेहनत दर्शकले चलचित्रको पर्दामा देख्ने उनले जिकिर गरे ।
अर्की नवोदित अभिनेत्री सुपुष्पा भट्टले अग्रज कलाकारहरुसँग काम गर्दा धेरैकुरा सिक्ने अबसर पाएको बताए । एउटा युवालाई सपार्न र विगार्नमा एउटी प्रेमिका बनेकी युवतीको कत्तिसम्म हात हुन्छ भन्ने चरित्र आफुले निर्वाह गरेको उनले जानकारी गराईन् ।
यो चलचित्रमा शुशिल, शुभेच्छा, सुपुष्पासँगै प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल लगायतको अभिनय रहेको पनि कार्यक्रममा जानकारी गराईयो । यो चलचित्रको एउटा गीत मायाँमा…को शुक्रबारबाट पोखरामा छायाँकन भईरहेको छ ।