ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज
नेपाली चलचित्र ‘अक्षरा’ आजबाट देशभरका चलचित्र घरमा रिलिज भएको छ । अर्को एक नेपाली चलचित्रको रिलिज स्थगित भएपछि चलचित्र अक्षराले एकल रिलिजको अबसर पाएको छ ।
नजिकिँदै गरेको दसैँको अवसरमा यो चलचित्र रिलिज भएको हो । सम्पन्न परिवारमा समेत बुहारी तथा पत्नीमाथ कतिसम्म घरेलु हिंसा हुने गर्दछ भन्ने कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘अक्षरा’मा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
यो चलचित्रलाई बिनयराज पौडेलले निर्देशन गरेका हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
यस फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने फिल्मलाई दिपेन बस्न्यातले खिचेका हुन्। साथै सम्पादनको जिम्मा गौतम खड्काको छ।
नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले नेपालभर फिल्म वितरणको जिम्मा लिएका छन् भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।









