१० वटा चलचित्रलाई डिजिटल बनाउँदै चलचित्र विकाश बोर्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मंसिर

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमाथि बनेको चलचित्र ’नुमाफुङ’को डिजिटल गर्न अधिकार माग गरेका छन् । काठमाडौंमा आयोजित नेपाल मानव अधिकार चलचित्र महोत्सबमा अध्यक्ष डिसीले यस्तो माग गरेका हुन् ।

उनको यो मागलाई ’नुमाफुङ’ चलचित्रका निर्देशक नबिन सुब्बाले स्वीकार गरेका छन् । चलचित्र बिकास बोर्डले नुमाफुङ सहित १० चलचित्रलाई १६ एमएम रिलबाट डिजिटल फुल एचडी क्वालीटी बनाएर अर्काईभ गर्ने बोर्ड अध्यक्ष डिसीले थप घोषणा गरेका छन् ।

यसै वर्ष कान्स चलचित्र महोत्सबको सर्ट फिल्म समुहमा अवार्ड जितेको लघु चलचित्र ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’लाई उद्घाटन समारोहमा प्रदर्शन गर्दै सुरू भएको यस नेपाल मानव अधिकार चलचित्र महोत्सबमा नेपालसहितपाकिस्तान, बंगलादेश, भारत तथा युरोपका विभिन्न मुलुकका चलचित्रकर्मीहरु सहभागी भएका थिए । विहिबारसम्म चलेको यो महोत्सब चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको मुख्य हलमा आयोजना गरिएको थियो ।

यसपटक यो महोत्सबमा नेपालसहित २३ देशका ५३ वटा चलचित्रहरु चयन भएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रमलाई यसबर्ष चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।