ह्रस्व दीर्घको दुई साताको ग्रस व्यापार ८ करोड ५२ लाख


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ मँसिर

चलचित्र ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको यो चलचित्रले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको थियो । दोस्रो हप्तामा यो सिनेमाले ३ करोड कलेक्सन गरेको निर्माता नीताको दाबी निर्माण टिमको छ ।

निताले शनिबार बिहान फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा सिनेमाको १४ दिनको कमाइ ८ करोड ५२ लाख रहेको जनाएकी छिन् । यसकोले दोस्रो हप्तामा सिनेमाले २ करोड ९८ लाख कमाएको देखिन्छ ।

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । यद्यपि, नेपालभर नै राम्रो व्यापार गरेपनि अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा सिनेमाको व्यापार अझै राम्रो छ ।

ह्रस्व दीर्घले नेपालमा मात्रै विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो सिनेमाको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । अहिले सिनेमा अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भैरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भैरहेको निर्मात्री नीता ढुंगाना बताउँछिन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।