ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर
चलचित्र विकाश बोर्डले ७२ जना चलचित्रकर्मीलाई उनीहरुको योगदानको कदर स्वरुप ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ३० वर्ष तथा त्यो भन्दा धेरै समय निरन्तर योगदान दिएका कारण उनीहरुलाई परिचयपत्र प्रदान गरिएको हो । बुधबार काठमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डको प्रदर्शन हलमा एक समारोहबीच ति बिशिष्ट चलचित्रकर्मीहरुलाई सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल र चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेका हुन् ।
अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक, कलाकार, प्राविधिक, चलचित्र हल सञ्चालक, चलचित्र गीतकार तथा संगीतकारको रुपमा ३० वर्ष भन्दा बढी योगदान दिएबापत चलचित्र विकाश बोर्डबाट यो परिचयपत्र प्रदान गरिएको बोर्ड अध्यक्ष दिनेश डिसीले कार्यक्रममा जानकारी गराए ।
यसरी विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्राप्तगर्ने चलचित्रकर्मीहरुमा कलाकारहरुमा गौरी मल्ल, सरोज खनाल, विशाल बिष्ट, नवल खड्का, मुकुन्द थापा, रचना सिंह, तैयव शाह, कृष्णप्रसाद पोखरेल, राजकुमार शाह, माओत्से गुरुङ, पूरण जोशी, हिउँवाला गौतम, पुकार भट्टराई, कृष्णप्रसाद ढुंगाना, रमेश रञ्जन झा, शालिकराम कार्की, रामशरण जंगम, रवि डंगोल, शंकर प्रसाद आचार्य, केदारनाथ दवाडी, बलदीप राई, रामेश्वरजंग केसी, दिव्येश्वर गौतम, राकेश कुमार खड्का, आनन्द ढुंगाना, सनम कुमार श्रेष्ठ रहेका छन् ।
यस्तै गीत संगीत क्षेत्रबाट अग्रज गीतकार राजेन्द्र थापा, प्रमोद कुमार ढुंगाना, संगीतकार चेतन सापकोटा, चलचित्र घर सञ्चालक मधुसूदन प्रधान, कपिल प्रसाद द्धवालाई पनि विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरियो ।
समारोहमा निर्देशकहरु ज्ञानेन्द्र देउजा, केदार प्रसाद (केपी) पाठक, शोभित बस्नेत, उदय कुमार इनाम (उदय सुब्बा), विजयरत्न तुलाधर, विमल पौडेल, मदन घिमिरे, सुनिल प्रसाद पाण्डे, रमेश कोइराला, निर्जल कुमार श्रेष्ठ, केशवबहादुर रायमाझी, परशुराम चौधरी, रविराज अर्याल, सन्तोष बाबु लोहनी, राजु केसी, देवकुमार श्रेष्ठ, राजेन्द्र कुमार उप्रेतीलाई पनि परिचयपत्र प्रदान गरियो ।
यस्तै कार्यक्रममा प्राविधिकहरु सन्तु तामाङ , उदयसिंह बोहरा, राजु विक्रम थापा, राजु शाह, रत्न ढकाल, कमलप्रसाद मिश्र, कुमार महर्जन, रोशन श्रेष्ठ, गोविन्द नेपाली (प्रभात), नगेन्द्र घिमिरे, पुष्पकुमार श्रेष्ठ, दिनेश लामा, महेन्द्र तामाङ (लामा), सानुमान तामाङ (प्रदीप), पूर्णबहादुर तामाङ, अशोक रोक्का, माधव थापा, मेघराज पौडेल, बोजबहादुर पौडेल (बोधराज), विश्वराम केसी, दिव्यराज सुवेदी, नानी काजी डंगोल, लालुराम सापकोटा, हरिप्रसाद पौडेललाई पनि परिचयपत्र प्रदान गरियो ।
समारोहमा सचिब अर्यालले सो परिचयपत्रको महत्व दर्शाईन् । यस्तै मन्त्री गुरुङले सञ्चालबृत्तका आधादर्जन ऐनहरु राजा महेन्द्रकै पालाको भएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । उनले चलचित्रकर्मीलाई यसरी विशिष्ट चलचित्रकर्मी परिचय पत्रबाट सम्मानित गर्न पाउँदा खुसी व्यक्त गरे ।