ज्वाईं साबको ‘कुहिरोको दरबार… सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

नेपाली चलचित्र ‘ज्वाइँ साब’को नयाँ गीत ‘कुहिरोको दरबार…’को भिडियो सार्वजनिक गरिएको छ । यो चलचित्र अहिले दोश्रो सातामा सानदारपूर्वक प्रदर्शन भईरहेको छ । गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ । भिडियोमा जितु र नितीको रोमान्टिक भावलाई पनि देखाइएको छ ।

सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

यो चलचित्रले दोस्रो सातासम्म आइपुग्दा नेपलाबाट ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको यसका वितरक करण श्रेष्ठले बताएका छन् । यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेनमेन्टले वितरण गरेको छ ।
यो चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको यो चलचित्र रेड आइ फिल्मसको व्यानरमा निर्माण भएको हो ।

जसमा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।