विश्वकै कान्छा निर्देशक सौगात भुवाको निर्देशनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

विश्वका सबैभन्दा कान्छा चलचित्र निर्देशक सौगात बिष्टले नयाँ चलचित्र ‘भुवा’का निर्देशन घोषणा गरेका छन् । उनले चलचित्र ‘लभ यु बाबा’बाट विश्वमा सबैभन्दा कान्छा निर्देशकको गिनिज अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । यसपछि उनले अर्को चलचित्र ‘हैरान’को निर्देशन गरेका थिए ।

यतिबेला उनले अर्को नयाँ चलचित्र भुवाको निर्देशन गर्न लागेका हुन् । यो लघु चलचित्रमा सौगातका बुबा गजित बिष्टको एकल शिर्ष भूमिका रहने छ । यतिबेला यो चलचित्रको अभिनय कार्यशाला भईरहेको पनि सौगातले बताएका छन् । चलचित्रको छायाँकन अर्कोसाता हुने र यो चलचित्रलाई अन्तराष्ट्रिय चलचित्र महोत्सबमा सहभागी गराउने पनि सौगातले बताए ।