चलचित्र रेशम फिलिलिको सिक्वेल फेरि रेशम फिलिलिको छायाँकन सुरु


यसपटकको सिक्वेलमा अभिनेत्रीको रुपमा सुपुष्पा रहेकी छिन् । चलचित्र रणबीरबाट डेब्यु गरेकी सुपुष्पाले यस अघि छ मायाँ छपक्कै जस्तो हिट फिल्ममा पनि नायिकाको रुपमा काम गरिसकेकी छिन भने उनी अहिले छायाँकन भईरहेको अर्को चलचित्र पिताम्बरमा पनि नायिकाको रुपमा छिन् ।

…………………………………………………………………………………………………………………………………………………………….

ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

निर्माता रौनक बिक्रम कँडेलले आफ्नो नयाँ चलचित्र ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । दशैंको टिकाको तेश्रो दिन काठमाडौंमा शुभसाईत गरेर उनले यो चलचित्रको छायाँकन थालेका हुन् । आफ्नो अघिल्लो चलचित्र दिमाग खराब पनि हिट दिन सफल निर्माता कँडेलले निकै लामो तयारी पछि फेरि रेशम फिलिलिको निर्माण सुरु गरेका हुन् । सिनेमा आर्ट्सको प्रस्तुति रहेको फिल्म द मोशन पिक्चर्सको सहकार्यमा बन्नेछ ।

यो चलचित्रमा निरोज महर्जनको लेखन तथा निर्देशन रहने छ । निरोजको यो डेब्यु निर्देशन हो । यस अघिबनेको सफल चलचित्र रेशम फिलिलिको सिक्वेलको रुपमा यो चलचित्र निर्माण गरिँदैछ । चलचित्र फेरि रेशम फिफिमा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । अघिल्लो चलचित्र रेशम फिलिलिकी नायिका मेनुका प्रधान भने यसमा अतिथिको भूमिकामा हुने बताईएको छ ।

यसपटकको सिक्वेलमा अभिनेत्रीको रुपमा सुपुष्पा रहेकी छिन् । चलचित्र रणबीरबाट डेब्यु गरेकी सुपुष्पाले यस अघि छ मायाँ छपक्कै जस्तो हिट फिल्ममा पनि नायिकाको रुपमा काम गरिसकेकी छिन भने उनी अहिले छायाँकन भईरहेको अर्को चलचित्र पिताम्बरमा पनि नायिकाको रुपमा छिन् ।

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा एनी थापा सह–निर्माताको रुपमा छिन् ।  सुजन प्रजापतिको छायांकन रहने फेरि रेशम फिलिलिमा सुरेन्द्र पौडेलको सम्पादन, निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बास्कोटा, दीपक शर्मा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवाको संगीत रहनेछ ।