पूर्णबहादुरको सारँगीको ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । १५ कात्तिकबाट रिलिज हुने यो चलचित्रको

ट्रेलरमा गन्धर्व समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । तीन दशक अघिको कथा प्रस्तुत गरिएको यो चलचित्रमा त्यो समय गन्धर्वमाथि ठुला जातिद्धारा गरिएको जातीय विभेदको कथा पनि ट्रृलरमा उठान गरिएको छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । पौडेलकै कथा रहेको यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । यो चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, नव अभिनेत्री अलिसा बास्तोला, बाल कलाकार स्वायम् केसी, जान्ह्वी पौडेललगायतको अभिनय छ ।

यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।