बेलायतमा प्रदान गरियो यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) बेलायतको लण्डन स्थित ग्रिनफोर्ड हलमा शनिबार साँझ सम्पन्न भएको छ । समारोहमा अनमोल केसीलाई फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारीलाई प्रसाद २ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरियो । समारोहमा यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट अग्रज अभिनेता भुवन केसीलाई सम्मानित गरियो । केसीले अवार्ड ग्रहण अभिनेता अनमोल केसीले स्टेजमै पीताको खुट्टा ढागेका थिए ।

इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बालाई निर्देशकको अवार्ड, दिमाग खराबबाट आकाश बराललाई सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड प्रदान गरियो । प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र घोषित भए भने छाँयाकारको अवार्ड प्रसाद २ बाट राजेश श्रेष्ठले, सम्पादकको अवार्डं फर्की फर्कीबाट सुरेन्द्र पौडेलले, संगीतकारको अवार्ड बोक्सीको घर(बुझिन मैले) बाट प्रकाश सपुतले पाए ।

यस्तै कालि प्रसाद बास्कोटालाई सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारीलाई बोक्सीको घर(बुझिन मैले)बाट पाश्र्वगायिकाको अवार्ड, पुजार सार्कीबाट शिशिर खातीलाई नृत्य निर्देशकको अवार्ड प्रदान गरियो ।

यता बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्कालाई र सुपला सापकोटालाई बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड दिईयो । पब्लिक च्वाईस तर्फ अभिनेताको अवार्डमा पल शाहले, अभिनेत्रीको पब्लिक च्वाईस अवार्ड जसिता गुरुङलाई दिईयो । पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीलाई, इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्मालाई दिईयो ।

१९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेरप्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भुमिका आयोजना भएको अवार्डहरु मध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न भएको कोर्डिनेटर मनिष कार्कीले जानकारी दिएका छन् । इन्फा अर्को बर्ष समेत यही मितिमा आयोजना गरिने कार्कीले बताएका छन् ।

अवार्ड समारोहमा केकी अधिकारीले बुझिन मैले, अनमोल जसिताले फर्की फर्की, शिल्पा मास्केले गैरी खेतको र आज हाम्रो भेट भएको दिन, शुशान्त खत्रीले नेपाली गीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिएका थिए । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना गरिएको आयोजक पक्षले जनायो ।