ज्वाईंसावको कसम बत्तीकोलाई दर्शकले रुचाए


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ भदौ

चलचित्र ‘ज्वाइँ साब’ यही २४ असोजमा रिलिज हुने भएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको यो चलचित्रको नयाँ गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको यो गीतलाई दर्शकले रुचाएका छन् ।
चलचित्रलाई नेपालसँगै बिदेशमा पनि रिलिज गर्ने यसका निदेृशक निरौलाले बताएका छन् । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए ।

‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । यसमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन् । संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ । एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका छन् ।

‘ज्वाइँ साब’को प्रचारप्रसारदेखि लिएर विदेशी बजारमा यसको मागले चलचित्रलाई अझै व्यापक बनाएको छ ।