ज्ञानेन्द्रपछि प्रधानमन्त्री ओलीको स्वराँकनको प्रतीक्षामा नमेटिने घाउ


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

चलचित्र “नमेटिने घाउ’’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको यो चलचित्र सत्य घटनामा आधारित छ यो चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ । केहि दिनमा प्रधानमन्त्री ओलीले पनि चलचित्रमा स्वरांङ्कन गर्ने निर्देशक रमित ढुङ्गानाले बताएका छन् ।

यो चलचित्रमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र साँसद देवेन्द्र पौडेलको पनि अभिनय छ । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहकक राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्यलगायत अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ ।