आदिवासी जनजाति मातृभाषी चलचित्रमाथि बहस


ब्युटी न्युज नेपाल
काठमाडौंँ, २० असार

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ले बिहिबार इटहरीमा ‘बृहत् बिचार गोष्ठी कार्यक्रम–२०८१’ आयोजना गरेको छ ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सह–आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरुका बिभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस बिषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनले जनाएका छन् ।

अध्यक्ष केसीले आदिवासी जनजाती चलचित्रकर्मीको गतिबिधि बढ्दै गएको खुसी ब्यक्त गरे । उनले नेपाली कलासंस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पु¥याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडौंँमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उनको भनाई थियो ।
अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि बिद्यालय जस्तै भएको बताइन् । उनले आफुले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समितिका संयोजक ज्योतिराज राईले चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए । उनले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सृजना गर्नु अहिले अपरिहार्य भएको उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बु चलचित्र ‘हाङनाङ्ग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल, भुजेल चलचित्रका सह–नायक सुरज भुजेल लगायतलाई सम्मान समेत गरिएको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम मार्फत आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवद्र्धनमा प्रोत्सान मिल्ने कार्यक्रम र सहजिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।