ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ
द्धन्द्ध निर्देशक हिमाल केसीले द्धन्द्ध कलाकार संघ प्रति आक्रोश पोखेका छन् । भारतमा नेपाली कलाकारले द्धन्द्ध निर्देशन तथा स्टन्ट गर्दा त्यहाँको सम्बन्धित संघसँग अनुमति र सदस्यता लिनुपर्ने अनिवार्यता छ । तर नेपालमा पछिल्लो समय नेपाली चलचित्रको द्धन्द्ध निर्देशनका लागि भारतीय द्धन्द्ध निर्देशक तथा स्टन्ट गर्ने कलाकारलाई बोलगाएर काम गराउन थालिएपछि यी द्धन्द्ध निर्देशकले आक्रोश पोखेका हुन् ।
उनले फेशबुकमा आक्रोस पोख्दै यस्तो लेखेका छन्,‘नेपाली चलचित्रका द्वन्द्व निर्देशक जति अब डुबेर मरे हुन्छ द्वन्द्व मा परिवर्तन दिन नसक्दा छिमेकि रास्ट्रबाट झिकाउन बाध्य पर्यो ? जस्ले झिकाउनु भो वा ले पनि बिर्सनु भएन छिमेकि रस्ट्रका द्वन्द्व निर्देशक बाट नै वा नेपाली चलचित्र छेत्रको ब्अतष्यल इस्टार बन्नु भएको हो र, हाम्रो मार्केट सानो छ हामिसित प्रयाप्त स्रोत साधान पनि छैन र सिमित बजेटमा हामिले काम गर्नु पर्छ । छिमेकी रास्ट्रका द्वन्द्व निर्देशक ले पाउने सुबिदा स्रोत साधन के हामिले पाएका छौ त तेसै द्वन्द्व मा परिवतन खोजेर हुन्छ, तर चेतना भया हामि नेपाली द्वन्द्व निर्देशक पनि कमि छैनौ , द्वन्द्व मा के परिवर्तन तेहि सन्सारले हेरेको साउत इन्डेन द्वन्द्व, नेपाली द्वन्द्व निर्देशक ज्यु साबधान आज एउटाले लेरायो भोलि आर्कोले ल्याउछ हेरेर बसिराख्नुस है ,जो सस्थाको मुख टाल्न थपना बन्न जानु भाको छ उनिहरुको कारनले आज राम्रा द्वन्द्व निर्देशक र नेपालि चलचित्र को बेजत भैरहेको छ । ’
उनले अभिनेता बिराज भट्टलाई लक्षित गरेर यो स्टाटस लेखेका हुन् । उनले बलिउडबाट द्धन्द्ध निर्देशक बोलाएर चलचित्र ‘१२ गाउँ’को फाईट डिरेक्सन गराईरहेका छन् । यो कुराप्रति हिमाल केसीसहित विभिन्न द्धन्द्ध निर्देशकले अहिले आक्रोश पोखेका हुन् । हिमाल केसीले द्धन्द्ध निर्देशक जति अब डुबेर मरे हुन्छ भन्दै आक्रोश पोखेका हुन् ।