ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ
अभिनेता पल शाह मँगलबार रातीको १ बजे सो हलमा पुगे । मध्यरातमा सञ्चारकर्मीहरु त्यहाँ नपुगे पनि पुजार सार्की हेरेका दर्शकले पललाई देखेपछि ताली बजाए । सेल्फी लिए । सो हलमा बेलुका १०ः३० बजे सुरु भएको अन्तिम शो मध्यरात १ बजे सकिएको थियो । अभिनेता पल शाहसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल पनि दर्शक भेट्न हल पुगे। आँखा मिच्दै मध्यरातमा हल पुगेर पल शाहले नेपाली चलचित्रले निकै फड्को मारेको बताए ।
आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ उनी काठमाडौं झरेका थिए। मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए।
मध्यरातमा हल पुगेका निर्देशक राउतले आफूले निर्देशन गरेका सबै चलचित्रहरू मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए। मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए।
चलचित्र पुजार सार्की गत विहिबार १० जेठबाट नेपालका चलचित्र घरमा प्रदर्शन भईरहेको छ ।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै उच्च सङ्ख्यामा दर्शकसहित चलिरहेको छ। छैटौँ दिन मङ्गलवार पनि सार्वजनिक बिदा भएको कारण बिहानैदेखि दर्शकको चाप हलमा देखिएको थियो।