विराजको १२ गाउँको नायिकामा न्यान्सी खड्का


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

विराज भट्टको निर्देशन निर्माणमा नयाँ चलचित्र ‘१२ गाउँ‘ बन्ने भएको छ । यो चलचित्रबाट बिराजले आफ्ना छोरा समिर भट्टलाई डेब्यु गराउँदैछ । समीरको जोडीको रुपमा मोडल न्यान्सी खड्का यो चलचित्रमा नायिकाको रुपमा बिराजले अनुबन्धित गरेका छन् ।

‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने ।
खड्का मिस नेपाल इन्टरनेशनल(२०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन् ।

उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्। सिनेमा चैत १५ बाट छायाँकनमा जाने भएको छ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज पनि एक शिर्ष भूमिकामा देखिनेछन् ।

सन् २०२४ मा रिलिज हुने सिनेमा एक्सन जनरामा निर्माण हुने विराजले बताएका छन् । ‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।