ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष एवम् चलचित्र सिनमानामा काँडेतारका निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो चलचित्रसँग अरु फिल्म जुधाउने निर्माता र सो फिल्मका वितरकलाई देशद्रोहीको सँज्ञा दिएका छन् ।
मँगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो चलचित्र सिमानामा काँडेतारको ट्रेलर रिलिजका क्रममा उनले आक्रोश भावमा उनीहरुलाई यस्तो सँज्ञा दिएका हुन् । विभिन्न तत्वको इशारामा उनीहरुले काँडेतार बिरुद्ध आफ्ना फिल्म सोही दिन रिलिज गर्न लागेको पनि अभिनेता खड्काले बताएका छन् ।
आफुले ८ महिना अघि नै २०८० साल फागुनको २५ गते चलचित्र सिमानामा काँडेतार रिलिजको घोषणा गरेको र सो मितिमा आफ्नो राष्ट्रिय भावको सिनेमालाई सिध्यान अभिनेत्री रेखा थापाले चलचित्र उपहार रिलिज गर्न लागेको उनले बताएका छन् । अभिनेत्री रेखा थापाको नाम उल्लेख नगरे पनि थापा प्रति लक्षित गर्दै बिदेशमा सन्तान जन्मान जानेहरुलाई देशको मायाँ नभएको र आफु देश र जनताको लागि लडि रहेको नवलले बताए । सोही कारण आफुले बनाएको देशभक्ती सिनेमा र देशभक्ति भावलाई सिध्याउन उनीहरुले नै षड्यन्त्र गरिरहेको पनि नवलले बताए ।
उपहार र रँगेलीका निर्माताहरुलाई आफ्नो कोखामा पछाडीबाट छुरा हान्ने निर्माता भन्न पनि नवल पछि परेनन् । आफ्नो सिनेमालाई चलचित्र विकाश बोर्डले विशेष सिनेमाको सूचिमा राखेको बेला आफु अध्यक्ष रहेको निर्माता संघका सदस्यहरुले सहयोग नगरेको र आफुले रिलिज मिति तोकेको समयमा तँछाड मछाड गर्दै जुध्न आएको पनि उनले बताए ।
चलचित्र उपहारको वितरकलाई आफुले फिल्म नदिएको कारण सो फिल्मलाई आफ्नो चलचित्र बिरुद्ध जुधाउन पनि ति बितरकले ल्याएको नवलले बताए । नेपाली चलचित्रहरुलाई माथि उठाउने चाहना निर्माता संघको हुँदा हुँदै आपसी इगोका कारण वितरकहरुले फिल्मलाई जुधाउन लगाएर सिध्याउने गरेको पनि नवल खड्काले बताए ।
यसैबीच चलचित्र उपहारका वितरक करण श्रेष्ठ क्रेजीलाई २५ फागुनमा काँडेतार र रँगेली रिलिज हुने भनेुर प्रचार प्रसार भईरहेको बेला यही मितिमा उपहार किन जुधाएको भन्ने प्रश्नमा उनले रेखा थापाले नै २५ फागुनको मिति रोजेका कारण आफुहरुले सो मितिमा रिलिज गर्नु परेको बताए । उपहारलाई सुरुमा २६ माघमा रिलिज गर्ने भनिएकोमा सो मितिमा दयाहाङ राईकै दुईवटा फिल्म दयारानी र हात्तीछाप रिलिज हुने भएपछि उपहारका निर्माताहरुले २६ माघबाट एक महिना पछि सारेर २५ फागुनमा पुर्याएको पनि करणले बताए । उपहारमा आफ्नो ३० लाख रुपैयाँ लगानी भईसकेकाले यसलाई कसरी हुन्छ राम्रो मितिमा रिलिज गरेर सफल बनाउन आफु गम्भिर रहेको तर २५ फागुनमा निर्माताको चाहना अनुसार ल्याउनु परेको पनि उनले बताएका छन् । त्यसैले यसमा आफुलाई आरोप नलगाउन पनि उनले आग्रह गरेका छन् । नवल खड्काको चलचित्र काँडेतार वितरण गर्ने सामान्य बार्तामात्र भएको र आफु र खड्काबीच कुनै सम्झौता नभएको पनि उनले बताएका छन् ।