चलचित्र ‘मोदीबेनी’को शुभ मुहूर्त


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ माघ

काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा सहित चलचित्र ‘मोदीबेनी’को मँगलबार शुभमुहूर्त गरिएको छ । मुहूर्त पश्चात् चलचित्र युनिट छायाँकनको लागि म्याग्दीतर्फ लागेको छ ।

यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नव अभिनेता अमर प्रताप श्रेष्ठलगायतको मुख्य भूमिका रहने छ । चलचित्रको अन्यक कलाकारमा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायत रहेका छन् ।

चलचित्रका निर्देशक शङ्कर कोइरालाले यो चलचित्र पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।