निर्माता संघ सदस्यमा हरि मल्ल मनोनित


ब्युटी न्युज नेपाल
काठमाडौं,२७ मंसिर

निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा मनोनित भएका छन् । उनी सर्वसम्मत मनोनित भएका हुन् ।

निर्माता ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको बिधानको बिधा २० (क) बमोजीम मनोनीत गरिएको जानकारी संघले दिएको छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत बर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा छन् । हरिजस्तो युवा,जुझारी अनि नेपाली फिल्मको श्रीबृद्धिमा कटिबद्ध निर्माताको आबश्यकता महसुस गरि कार्यसमितिमा स्वागत गरिएको अध्यक्ष नवल खड्काले जनाएका छन् ।

हरिले आफू हरदम निर्माताको पक्षमा रहेको बताउदै आगामी दिनमा अझ सशक्त रुपमा नेपाली फिल्मको स्तरोन्नतरी र अन्तराष्ट्रिय बजारिकरणमा लागीरहने प्रतिबद्धता जाहेर गरेका छन् । उनी केही दिनमै नयाँ फिल्म निर्माण घोषणा गर्ने तयारीमा छन् ।