ब्युटी न्युज नेपाल
पोखरा, १० कात्तिक
यतिबेला प्रदर्शन भईरहेको चलचित्र ‘पशुपति प्रसाद २ : भस्मेडन’का मुख्य कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन् । उनी शुक्रबार बिहान ९ः३० बजेतिर पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् ।
तत्कालै उनलाई रेस्क्यु गरेर उपचारका लागि पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएका थियो । चिकित्सका अनुसार उनी मध्यान्न सम्पन्न पनि अचेत अबस्थामा थिए ।
उनको अहिले मणिपाल शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शुभ चिन्तकहरुले सामाजिक सञ्जाल मार्फत उनको सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।