ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज
फिल्म फर्कि फर्किमा अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । मुख्य भूमिकामा फिल्ममा सम्वृद्धि अर्याल र रवि काफ्ले चयन भएका छन् । निर्माता अधिकारीले दुबै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताएका छन् । दुई नयाँ कलाकार भित्रिएपछि फिल्मले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।
अभिनेता अनमोल केसी ‘रावायण’को लफडापछि प्रहरी हिरासतबाट मुक्त भएपछि अब फर्कि फर्किको छायाँकनमा व्यस्त हुने भएका छन् । रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को छायांकन दशैंको फूलपातिबाट सुरु गरिने बताईएको छ ।
यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । अनमोलले लामो समयदेखि यो फिल्मको पटकथा लिएर तयारी गरिरहेका छन् ।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । यो फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो फिल्मले सपना र विपनाविचको कन्फ्यूजनको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।