ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज
चलचित्र विकाश बोर्डले २०८० सालमा राष्ट्रिय चलचित्र पुरस्कार तर्फ उत्कृष्ट चलचित्रको पुरस्कार नै हजम गरेपछि यतीबेला सास्ती भोग्नु परेको छ । उत्कृष्ट चलचित्रको पुरस्कार नदिनुको कारण माग गर्दै चलचित्र प्रकाशका टिम (निर्देशक दिनेश राउत, अभिनेता प्रदीप खड्का, लेखक विकाश सुवेदी र व्यबस्थापक मनिराज आचार्यले बिहिबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सो रिटमाथि बहस गर्दा उच्च अदालतले चलचित्र विकाश बोर्डसँग कारण माग गरेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा ‘सर्वोत्कृष्ट फिल्म’को विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको हो । यो मुद्धको विपक्षी चलचित्र विकास बोर्डलाई ‘सर्वोत्कृष्ट फिल्म’को विधा नराख्नुको कारण मागेको हो ।
उच्च अदालतले बोर्डसँग निर्णायकहरुले निर्णय गरेको परिणामको सक्कल कपी पनि माग गरेको छ । यो मागसँगै यतिबेला बोर्ड अध्यक्ष भुवन केसीलगायतको ओठतालुस् सुकेको छ । राष्ट्रिय चलचित्र पुरस्कार नियमावली विपरित आफ्नो् मनोमानीले बोर्ड अध्यक्ष सहितका व्यक्तिहरुले पुरस्कार हटाउने तथा वितरण गर्ने गरेको आरोप यतिबेला लागेको छ ।
उच्च अदालत पाटनमा चलचित्र प्रकाश टिमले दिएको रिटमा निर्णायक समिति ‘जुरी’ले प्रतिवेदनमा सिफारिस गरेको चलचित्रलाई नै उत्कृष्ट चलचित्रको उपाधिबाट पुरस्कृत नगरिएको उल्लेख छ । उनीहरुले सो पुरस्कार प्रदान गर्न परमादेश माग समेत गरेका छन् ।
यसपटक निर्णायकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य चेतन सापकोटा, अग्रज चलचित्र निर्देशक राजेन्द्र शलभ, अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरी, चलचित्र लेखक शिवम अधिकारी र युवा चलचित्र पत्रकार अनुप भट्टराई थिए । उत्कृष्ट चलचित्रको पुरस्कार बोर्डले नदिएपछि तत्कालै पत्रकार अनुप भट्टराईले सो कुराको विरोध गरेका थिए । निर्णायक टिमबाट चलचित्र प्रकाशलाई उत्कृष्ट फिल्म र प्रकाशबाट प्रदीप खड्कालाई उत्कृष्ट अभिनेताको पुरस्कारको लागि चयन गरेकोमा बोर्डको अध्यक्षको मातहतमा उत्कृष्ट फिल्मको पुरस्कार हटाईएको र उत्कृष्ट अभिनेताबाट प्रदिपलाई हटाएर हरिबँश आचार्यलाई राखिएको सोही क्रममा बोर्डका कर्मचारी देखि केही जुरी सदस्य सम्मले गुनासो गरेका थिए । सो गुनासो वेवस्ता गरेपछि यतीबेला बोर्डको राष्ट्रिय पुरस्कारबारे उच्च अदालत पाटनमा रिट निवेदन परेको हो ।
विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको चलचित्रलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको आरोप निवेदनमा लगाइएको छ । उनीहरुले जुरीको निर्णयलाई सार्वजनिक गरिने पर्ने माग पनि गरेका छन् । प्रकाशलाई नदिनकै लािग यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा नै गायब पारिएको पनि उनीहरुले बिहीबार पाटन उच्च अदालतमा दायर गरेको रिटमा जिकिर गरेका छन् । अन्य विधाको पुरस्कार छानविनको लागि पनि उनीहरुले माग गरेका छन् ।
यस विषयमा शुक्रबार साँझसम्म चलचित्र विकाश बोर्डले अफिसियली कुनै पनि जवाफ दिएको छैन । निर्णायक मध्य लेखक शिवम अधिकारीले फेसबुकमा एक् स्टाटस लेख्दै चलचित्र विकाश बोर्डको राष्टिय पुरस्कारको परिणामप्रति नै आशँका व्यक्त गरेका छन् ।