ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन
नारीबादी भनिएको चलचित्र ‘जुलेबी’को आगमी १ भदौबाट रिलिज हुने भएको छ । नारीको तिघ्रालाई फोकस गर्दै तयार पारिएको पोष्टरका कारण चर्चामा रहेको यो फिल्म चार महिला पात्रको प्रेमकथामा आधारित रहेको निर्देशक गणेशदेव पाण्डेले बताएका छन् ।
चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ।
यसैबीच निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ। डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको छ। केहि समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र चलचित्रहरु खरिद गर्ने बताएको छ ।
एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्रि भईसकेको निर्माण टिमले बताएको छ ।