अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या 


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असार

अभिनेता सारुक ताम्राकार अब हामीमाझ रहेनन् । उनले बिहिबार राती ११ बजेतिर काठमाडौंको रातो पुल स्थित आफ्नो निवासमा आत्महत्या गरेको परिवारले जनाएका छन् । तर उनको मृत्यु शँकास्पद रुपमा लिईएको छ ।

उनी कलाकार सानु ताम्राकारका छोरा हुन् । बिदेशबाट सिनेमामा स्नातक गरेर नेपाल फर्केका उनले कसरी यस्तो करुणिक निर्यग गरे भन्नेकुरा प्रति परिवारले पनि शँका गरेका छन् । नेपाल चलचित्र कलाकार सँघका यस अघिका उपाध्यक्ष समेत रहेका सानु ताम्राकारकै अभिनय पथ पहिल्याउँदै सारुक चलचित्र क्षेत्रमा आएका थिए ।

प्रहरीले बेलुका नै घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगेको पनि परिवारजनले बताएका छन् ।

चलचित्र रानीबाट अभिनय सुरु गरेका उनले त्यसपछि मेरी मामु, इन्टु मिन्टु लन्डनमा जस्ता चलचित्र खेलेका थिए । हाल उनी छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेताको रुपमा कार्यरत थिए । बिहिबार मात्र यो चलचित्रको छायाँकन गरेर घर आएका उनी राती झुन्डिर मृत अबस्थामा भेटिएका हुन् । चलचित्र ह्यासट्याग मायाको आधा मात्र छायाँकन सकिएको छ ।