अनमोलको ‘छड्के २’को ट्रेलरमा तीन ग्याङको द्धन्द्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

चलचित्र हिरो अनमोल केसीले पहिलो पटक ग्याङस्टारको रोल गरेको नेपाली फिल्म ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा तीन ग्याङको लडाईको कथा मेटिएको छ । फिल्ममा यार्सागुम्बाको तस्करीलाई केन्द्रिय विषय बनाईएको छ । बुढासुब्बा डिजिटल युट्युव च्यानलबाट आएको ट्रेलर २४ घन्टामै १२ लाख भ्युज बटुल्दै युट्युवको नेपाल ट्रेन्डिङमा तेश्रो स्थानमा पुगेको छ ।

ट्रेलरमा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथालाई उठाईको छ । जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रुपमा अभिनेता केसीलाई प्रस्तुत गरिएको छ । अनमोलले शरीरभरी ट्याटु र हातमा हमेसा खुँडा बोकेर आफुलाई गुन्डा नायिकेको रुपमा प्रस्तुत गरेका छन् । बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व शानका साथ उनले गरिरहेको ट्रेलरमा उल्लेख छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलसँगै अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

छड्केको दोश्रो सृँखलाले पहिलो सृँखलाको कथालाई छुने विश्वास दर्शकको छ । फिल्म दर्शकको लागि तिब्र प्रतिक्षारत बनेको छ ।