ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष
यतिबेला दर्शकलाई हलमा तर्साउन अर्को प्रभावशाली नेपाली हरर फिल्म आउन लागेको छ । हरर फिल्म ‘चि मुसी चिस् इभन डेड डिजायर बिलोङ्गिङ’को बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ ।
मिर्ना जेम्स र यश सैनी निर्देशित सिनेमाले दर्शकमा डर र कौतुहलता जगाउन सफल हुन्छ । अन्तिममा ऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ ।
हुन पनि २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरमा एक अपरिचित बालिकाको सैतानी प्रभाव प्रस्तुत गरिएको छ । जसको वरिपरि ट्रेलरले चक्कर कटाउछ । ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । उक्त बालिकाले अन्य पात्रहरुलाई दुस्ख दिएपनि त्यस पछाडीको कारण सस्पेन्स राखिएको छ ।
मिर्ना र यश कै कथारपटकथा रहेको सिनेमामा ऋचासंगै प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।
सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । प्रायस् नेपालमा निर्माण हुने हरर सिनेमा भन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ ।
पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउने सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।