भुवन केसी भए चलचित्र विकाश बोर्ड अध्यक्ष


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

अभिनेता भुवन केसी चलचित्र विकाश बोर्डको अध्यक्षमा अनुबन्धित भएका छन् । गत २१ जेठमा दयाराम दाहालको कार्य अवधि सकिएपछि बोर्ड अध्यक्ष रिक्त थियो ।

मन्त्री परिषदको सोमबार बसेको बैठकले अभिनेता केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षमा अभिनेता केसीलाई दुई वर्षको लागि सरकारले नियुक्त गरेको छ । केसीले आज मँगलबार अध्यक्षको नियुक्ती पत्र बुझ्ने र सकेसम्म आजै बोर्डमा पुगेर हाजिर गर्ने तयारी हुँदैछ ।

भुवन केसीले आफु अध्यक्ष भएकोमा खुसी व्यक्त गर्दै चलचित्र उधोगको हितका लागि ससक्त रुपमा काम गर्ने बताएका छन् ।

बोर्ड अध्यक्षको रिक्त रहेको पदका लागि नेपाल सरकारले गत महिना सूचना जारी गरेपछि १० जना चलचित्रकर्मीले यसपटक दर्खास्त दिएका थिए । पछिल्लो चार दिनमा ती दश जनासँग अन्तरवार्ता लिईएको थियो । सो अन्तरवार्तापछि भुवन केसीलाई बोर्ड अध्यक्षमा चयन गरिएको हो ।