ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार
ए मेरो हजुर’ सृँखलाका निर्माता सुनिल कुमार थापाको मुटुको सल्यक्रिया सफल भएको छ । काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले मँगलबार बिहान उनको मुटुको सल्यक्रिया सम्पन्न गरेको छ । निर्माता सुनिल कुमार थापाको मुटुमा प्वाल परेको थियो । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । उनी केही महिनाअघि अमेरिकामा थिए । नेपाल फर्किएर उनले भगवान कोईरालाको टोलीसँग अप्रेसन गराएका हुन् ।
अभिनेत्री तथा छोरी सुहाना थापाले पिताको मुटुको अपरेशन सफल भएको फेसबुक मार्फत जनाएकी छिन् । डाक्टरको टोली र भगवान कृष्णलाई धन्यवाद दिँदै सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँग खिचेको तस्विर पनि सर्वाजनिक गरेकी छिन् ।
छोरीका अनुसार सल्यक्रियापछि उनको अहिले आइसियूमा राखेर उपचार भईरहेको छ । र उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।