सिल्ली फोमा ए दिल तँ बोल बोल भन्दै धिरेन र केकी


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

नेपाली चलचित्र ‘सिल्ली फो’को नयाँ गीत ‘ए दिल तँ बोल बोल…’को नृत्य प्रधान भिडियो सार्वजनिक गरिएको छ । राज बहादुर साने निर्देशित यो चलचित्र आगामी ३१ असारमा देशव्यापी रिलिज गरिँदैछ ।

यो गीतमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर छ । यो चलचित्रका कलाकार केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीको अभिनय यो गीतमा छ ।

सिनेमामा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ सह–निर्माता छन् । सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर रहेको छ ।

यो फिल्मको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले लिएको छ ।