ब्युटी न्युज नेपाल
काठमाडौं, २८ बैशाख
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा गौतमबुद्ध अर्वाड भने भारतीय चलचित्र डिक्सनरीले जितेको छ । सो महोत्सबमा माउन्ट एभरेष्ट बृतचित्र अवार्ड स्वीजरल्याण्डका निर्देशक एड्रीनो जेकाको रिर्टन टु द लस्ट इडेनले जितेको छ । राष्ट्रीय फीचर फिल्मको अवार्ड ढोण्डुप छिरीङ्गको आमा खाण्डोले प्राप्त गरेको छ ।
राजेश प्रसाद खत्रीको ए स्क्यार क्रोले उत्कृष्ट लघू चलचित्रको अवार्ड हाँसिल गरेको छ । पाँच दिन देखि काठमाडौंमा जारी यो अवार्ड सोमबार सम्पन्न भएको हो । महोत्सबमा कोरीयाका निर्देशक सङ्गबिन बुनको गड्स डटर डान्सले बागमति अवार्ड अन्र्तगत उत्कृष्ट अन्र्तराष्ट्रिय लघु चलचित्र अवार्ड जितेको छ ।
उत्कृष्ठ ऐनिमेशन तर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले मंजुश्री अवार्ड हात पारेका छन भने उत्कृष्ठ बृतचित्र तर्फ गणेश पाण्डेको शिभिल सोल्डर्सले मंजुश्री अवार्ड जितेको छ । यसै गरि उत्कृष्ठ लेखन तर्फ सरिता, उत्कृष्ठ छाँयाङ्गन एवं महिला तथा पुरुषको अभियन तर्फ लाटो कोशेरोले अवार्ड जितेको छ ।
कोरोनाको महामारीका कारण यसपटक अनलाईन माध्यमबाटै आफुहरुले यो महोत्सब सम्पन्न गरेको महोत्सब अध्यक्ष केपी पाठकले बताएका छन् ।