ब्युटी न्युज नेपाल
काठमाडौं, ६ जेठ
जिल्ला अस्पताल रोल्पामा मिर्गौलाका बिरामी रहेका एक युवाको मृत्यु भएको छ । ती युवालाई उपचारको क्रममा अस्पतालको आइसोलेसनमा राखिएको थियो । २२ वर्षका ति युवा रोल्पा नगरपालिका–१ का बासिन्दा हुन् ।
उनमा ज्वरो पनि देखिएकाले ती युवाको कोरोना सँक्रमण परीक्षणका लागि उनको स्वाब दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । मँगलबार सो प्रतिष्ठानमा पुगेको स्वाबको परिक्षण सुरु गरिएको छ ।
उनी आइतबार बेलुकादेखि आइसोलेसनमा थिए । उनको सोमबार दिउँसो मृत्यु भएको हो ।


