दोस्रो सातामा प्रवेश गरेको ‘बाः एक योद्धा’ले सात दिनमा कमायो १ करोड ११ लाख


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज

चलचित्र ‘बाः एक योद्धा’ ले प्रदर्शनको पहिलो सातामा १ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्रले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। सात दिनको अवधिमा चलचित्रलाई ४० हजार ८२३ दर्शकले हेरेका छन्। प्रदर्शनको सुरुवाती दिनमा अपेक्षाकृत सुस्त देखिएको चलचित्रले पछिल्ला दिनमा दर्शकको साथ बढाउँदै लगेको निर्माण पक्षको भनाइ छ।

चलचित्रका प्रमुख कलाकार दिव्यदेवले ‘बाः एक योद्धा’को व्यापारलाई विद्युतीय सवारीसाधनसँग तुलना गरेका छन्। पेट्रोल वा डिजेलबाट चल्ने सवारीको तुलनामा विद्युती

य गाडीले गति लिन केही फरक प्रक्रिया अपनाएझैँ चलचित्रले पनि विस्तारै गति लिँदै गएको उनको भनाइ छ।

दर्शकको सकारात्मक प्रतिक्रिया र ‘वर्ड अफ माउथ’का कारण चलचित्रका शोमा दर्शकको चाप बढ्दै गएको निर्देशक हरि लम्सालले बताए।

“हरेक दिन सिनेमाको व्यापार बढिरहेको छ। चलचित्र हेर्ने दर्शकले परिवारका अन्य सदस्यलाई पनि सिनेमा हेर्न पठाउने बताइरहनुभएको छ,” निर्देशक लम्सालले भने, “यसले आगामी दिनमा दर्शकको संख्या अझ बढ्दै जानेमा हामी ढुक्क छौँ।”

उनका अनुसार चलशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय छ।

चित्रले दोस्रो साताबाट थप दर्शकको साथ पाउने अपेक्षा गरिएको छ। हलहरूले पनि दर्शकको मागअनुसार चलचित्रका शो क्रमशः बढाइरहेका छन्। वितरकका अनुसार हाल देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ।

‘बाः एक योद्धा’ ले नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। सन्तानका इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडासम्मका विषय चलचित्रमा प्रस्तुत गरिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शि

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।