ब्युटी न्युज नेपाल
काठमाडौं, २८ फागुन
विगतमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकैसाथअबिबाहित र बिबाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्येश्य सहित पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी चैत्र ११ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०२० आयोजना गर्न लागिएको हो ।
तेश्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरती माया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनिषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा पोखरेल गरी कुल १४ प्रतिस्पर्धिहरुले अन्तिम प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै दोश्रो संस्करणको मिस टिन टुरिजममा रोजिना तिवारी, अस्मिता कलाखेती, पासाङ भोटे, रेबिका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा गरी ८ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
दुबै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदैछ । दुबै प्रतियोगिताका प्रतियोगिहरुलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिईरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए ।