भ्यालेन्टाईनमा ७ दर्जन हलमा लभ डायरी


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं २ फागुन

चलचित्र ‘लभ डायरिज’ शुक्रबारबाट दर्शकमाझ आएको छ । यो चलचित्र काठमाडौं र मोफसलका ८० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भएको यसको निर्माण पक्षले बताएको छ ।

चलचित्र लभ डायरिजमा सिनेमामा यो चलचित्रमा शुशिल श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

आफुले अभिनय गरेको पहिलो चलचित्र होस्टल रिर्टनलाई दर्शकले निकै मन पराएको र चलचित्र लभ डायरीमा त्यस्तै प्रकारको एक एँग्री प्रेमीको भूमिका निर्वाह गरेको अभिनेता शुशिलले बताए,‘मैले कारखाना, बादशाह जुट जस्ता फिल्ममा केही फरक भूमिका निर्वाह गर्न चाहेँ । तर दर्शकले मलाई लभ स्टोरी मूभिमै देख्न चाहेको बताउनु भएपछि मैले चलचित्र लभ डायरिजमा काम गरेको हुँ ।’ अभिनेता शुशिलले राजधानीसँग भने ।

अभिनेत्री रुविनाले आफ्नो पहिलो चलचित्र भए पनि पुरा मेहनतका साथ राम्रो काम गरेको बताएकी छिन् । पहिलो दिन दर्शकबाट आफुले कामको तारिफ पाएको यी अभिनेत्रीको कथन छ ।

यो चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् । प्रणय दिवस प्रेमीहरुको महत्वपूर्ण पर्व रहेकाले आफुले भ्यालेन्टाईन डेमै चलचित्र रिलिज गरेको पनि निर्देशक चौधरीले प्रकाश पारे । यो चलचित्रको ट्रेलर सहित सुन्यौ की सुनेनौं…लगायतका गीतहरुलाई अहिले रुचाईएको छ । फिल्मले दर्शकको मन जित्नेमा निर्देशक चौधरी विश्वस्त छन् ।

लभ डायरिजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सह(निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको सँगीत, विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी रहेको छ ।
प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् ।