ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘शुभ विवाह’को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा पाँच दिनअघि नै सकिएको छ। ४५ दिनको छायांकन तालिका बनाइएको फिल्मको काम ४० दिनमै पूरा भएको हो।
निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरेको थियो। कलाकार तथा प्राविधिकको निरन्तर मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन सकिएको निर्देशक थापाले जानकारी दिए।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूका साथमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय छ।
निर्देशक थापा र अभिनेता खड्काले यसअघि चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत र रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा राजेन्द्र मोक्तानले कलर ग्रेडिङको जिम्मेवारी सम्हालेका छन्। विक्रम स्वारको नृत्य निर्देशन रहेको फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
बसन्त अधिकारी प्रमुख सह–निर्देशक तथा साजन कट्टेल र प्रार्थना पाठक सहायक निर्देशकका रूपमा छन्। मनोज लामा ध्वनि, रोशन दिवाना कला निर्देशन र सुदीप ढकाल प्रोडक्सन म्यानेजरमा छन्। फिल्मको पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्।
चलचित्र ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मेवारी भिष्म फिल्मस् र श्रीराम बालाजीले सम्हाल्नेछन्।






