ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ
लोकसंगीतको मौलिक स्वाद प्रस्तुत गर्ने नयाँ गीत सार्वजनिक भएको छ। संगीतकार ओम सुनारको ‘ओम सुनार अफिसियल च्यानल’मार्फत पुष्प सुनारको स्वर, शब्द र संगीतमा तयार पारिएको लोकगीत सार्वजनिक गरिएको हो।
परम्परागत लोकभाकाको मिठास समेटिएको गीतमा पुष्प सुनारले स्वर दिनुका साथै शब्द तथा संगीतसमेत तयार पारेका छन्। गीतको संगीत संयोजन ओम सुनारले गरेका हुन्। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका छन् भने गीत ग्लोबल २६ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियोमा स्मारिका ढकाल, शेर साउद, दीपा सुनार, कृपा सुनार, रूपा सुनार र प्रदीप विश्वकर्मालगायत कलाकारले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी शेर साउदले गरेका हुन्।
दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा मनोज कार्कीले सम्पादन, कलर तथा भीएफएक्सको जिम्मेवारी सम्हालेका छन्। सीताको मेकअप, सुमन कटवालको प्रोडक्सन तथा एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन रहेको छ।
गीत सार्वजनिक भएसँगै यसको मौलिक लोकलय र प्रस्तुतीकरणलाई श्रोता तथा दर्शकले रुचाइरहेका छन्। निर्माण पक्षले गीतले नेपाली लोकसंगीतको मौलिकतालाई थप उजागर गर्ने विश्वास व्यक्त गरेको छ।








