छैटौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२६ को मनोनयन सार्वजनिक 


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ भदौ 
छैटौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२६ को विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको छ । एसबी क्रिएसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड यही  भदौ १८ गते चलचित्र विकास बोर्डमा हुने भएको छ ।
यो हुने यो अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा प्रदान गरिने भएको छ । एसबी क्रिएसनकी अध्यक्ष सरिता भारतीका अनुसार मनोनयनमा परेका विधाहरूलाई निर्णायकको निर्णय र भोटको आधारमा अवार्ड प्रदान गरिने छ । जसका लागि एभेन्तोज एप डाउनलोड गरेर त्यसमा आफ्नो र आफूले चाहेको व्यक्तिलाई भोट गर्न पनि उनले अपिल गरेकी छिन् ।
पछिल्लो डेढ वर्ष यता रिलिज भएका गीत संगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराएकी छिन् । उनका अनुसार नेपाली गीत संगीत, फेशन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्‍याउनु भएका विभिन्न स्रष्टालाई अवार्ड समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित समेत छ ।
यस पटक संगीत र मोडलिङ तर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, छायांकार, मोडलहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुने भएकोछ । आयोजक एवम् स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार यस पटक विभिन्न १० वटा विधामा म्युजिक तथा मोडलिङ तर्फ प्रतिस्पर्धा हुँदै छ । जसमा आधुनिक, पप, लोक दोहोरी, चलचित्र, पर्व गीतहरू रहेका छन् । यी गीतहरूको मनोनयन सूची सार्वजनिक गरिएको पनि पोखरेलले बताए ।
छैटौँ  नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२६, को मनोनयन सूची यस प्रकार रहेको छ ।
 १) उत्कृष्ट आधुनिक गीत गायन
– किन रुनु हुन्न – प्रमोद खरेल
– फुलै फुलको – हर्कुलेस बस्नेत
– छुँदिन भन्दा भन्दै – श्रद्धा दियाली
– ताते गर्दै – निता आचार्य
– तिम्रो आँखाको – सोनी राजभण्डारी
२) उत्कृष्ट पप/आधुनिक गीत संगीतकार
– गाजलु आँखैले – आषिश पौडेल
– तिम्रो साथ – ओम सुनार
– म हुँ सृष्टिको – साज सिंह
– रंग चढेर हैन – दीपक शर्मा
– अदृष्य – दृष्य क्षत्री
३) उत्कृष्ट आधुनिक/पप गीत गीतकार
– म हुँ सृष्टिको – मनु रोहरुङ राई
– किन रुनु हुन्न मर्दले – राम शर्मा
– आमाको तृष्णा – डम्बर याक्सो
– तिम्रो आँखाको गहिराई – अनिल शाही
– भोगाई – कमल शर्मा आचार्य
४) उत्कृष्ट पप गायन
– अदृष्य – दृष्य क्षत्री
– गाजलु आँखैले – आशिष पौडेल
– फेरी आज किन – प्रज्वल सुजाकु
– सोह्र वर्षे जोबन – बबिना किराती
– फर्की आऊ प्रिय – दीपा महर्जन
५) उत्कृष्ट चलचित्र गीत गायन 
– न्याउली बनैमा (वरिष्ठ बलराम) – शान्ति श्री परियार
– डोको बुन्ने (कुमारी) – केहर सिंह लिम्बु
– फकाउँछ काफ्ले (उनको स्विटर) – झुमा लिम्बु
– हुम्लाको लिमी (राम नाम सत्य) – एसडी योगी
– बेला बितेसी (हरिबहादुरको जुत्ता) – प्रकाश सपुत
६) उत्कृष्ट पर्व गीत 
– बुझेँ मैले क देखि (तीज) – राधा हमाल बानियाँ
–  ठन्डा ठन्डा पानी (फागु गीत) – ओम सुनार
– आउन पाइन माइत (तीज गीत) – रेखा पोखरेल
– घन्काइदेऊ मादलु (तीज गीत) – लक्ष्मी पुरी प्रधान
७) लोक दोहोरी गायन 
– युके लान्छु रेलिमाई – सचिन भट्टराई
– निरमसी – चिज गुरुङ
– बीर गोरखाली लाहुरेको तक्कमा – शीतल गुरुङ
– एक काँधे गोरु – सनिला गुरुङ
– नौली हदेली – लक्ष्मी आचार्य
८) उत्कृष्ट म्युजिक भिडियो मोडल  
– १६ वर्षे जोबन – तेन्जु योञ्जन
– चक्मा – मेनुका माझी
– राजन बुढाथोकी – काली तरेर आउँछु
– औधी मन पराएँ – प्रज्वल राज भट्ट
– फर्की आऊ तिमी– प्रेमहाँ महर्जन÷सजना महर्जन
– प्रवण भुसाल – सधैँ तिमी
९) उत्कृष्ट म्युजिक भिडियो छायांकन 
– हाँसेर बोलिदेऊ – उमेश बहादुर शाह
– फर्की आऊ प्रिय – रकी महर्जन
– बुझेँ मैले क – ओम प्रसाईँ
– म हुँ सृष्टिको – सौरभ लामा
– भागौँला त्रिसुली तरेर – विजय लामा
१०) उत्कृष्ट म्युजिक भिडियो निर्देशक 
– भागौँला त्रिसुली तरेर – दीप गुरुङ
– म हुँ सृष्टिको – गोविन्द राई
– फेरी आज किन – नव ढुंगेल
– बुझेँ मैले क – सम्झना बुढाथोकी
–  फर्की आऊ प्रिय – योवन शाक्य