‘तिम्रो याद’मा थुमन शर्माको मर्मस्पर्शी प्रेमकथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन

बहुप्रतिभाशाली गायक थुमन शर्माको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको गीतले प्रेम, सम्झना र विछोडका भावनालाई प्रस्तुत गरेको छ।

गीतमा थुमन शर्माकै शब्द र शिवराज गौतमको संगीत रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका हुन्।

मर्मस्पर्शी प्रेमकथामा आधारित भिडियोको निर्देशन शिवराज गौतमले गरेका छन्। भिडियोमा रोजन सुन्दास र सुनिता कालिकोटेले मुख्य भूमिकामा अभिनय गरेका छन्। प्रेम सम्बन्धमा आउने उतारचढाव, सम्झना र विछोडलाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

भिडियोमा रिता रणपैलीको मेकअप, जोन किराँतीको छायांकन तथा पदम सुबेदीको सम्पादन र कलरिङ रहेको छ। लामो समयपछि सार्वजनिक भएको ‘तिम्रो याद’ले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने निर्माण टिमको विश्वास छ।