जुगलको शब्द संगीत र बिरजको स्वरमा साइँली…


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असार

जुगल डंगोलको शब्द र संगीतमा नयाँ नेपाली गीत साइँली…को भिडियो काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । यो गीतलाई बिरज महर्जनले गाएका छन् ।

समारोहमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यो गीत सहित नेपाल भाषाको गीत छ लिसे…को भिडियो पनि सार्वजनिक गरे । श्रष्टा प्रकाश सायमीले यो गीतको समीक्षा गरेका थिए । नेपाल भाषाको यो गीतमा पनि बिरजकै स्वर रहेको छ ।

नेपाली गीत साइँली…लोक शैलीमा तयार गरिएको छ । यो दुबै गीतमा संगीत संयोजन जुगलकै हो । साइँली…गीतको भिडियोमा क्रिशल श्रेष्ठ र सृष्टीका श्रेष्ठले अभिनय गरेका छन् । मुस्ताङमा छायांकन गरिएको यो भिडियोलाई रकी महर्जनले छायांकन तथा सम्पादन गरेका हुन् । यो सहित नेपाल भाषाको भिडियो पनि रामकृष्ण खड्गीले निर्देशन गरेका हुन् ।