भिडियोमा आयो तिम्रो स्पर्शले गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ वैशाख

सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको शब्दमा नयाँ गीत तिम्रो स्पर्शले…को भिडियो हालै बजारमा आएको छ । यो गीत गायक नारायण थापा र गायिका बेनिशा पौडेलको स्वरमा रहेको छ ।

तिम्रो स्पर्शले गीतको भिडियोलाई जी मिडिया कनेक्सन युट्युब च्यानलबाट सार्वजनिक सार्वजनिक भएको छ । गीतमा गायक नारायण थापाको संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ । गीत कर्णप्रिय बनेको छ । भिडियोको तुलनामा गीत मिठो बनेको छ ।

यो म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन छ । कुलेखानी लगायतका आसपासका क्षेत्रमा यो गीतको भिडियोको छायांकन गरिएको हो ।

भिडियोमा एक प्रेम जोडीको माया प्रेम देखाइएको छ । भिडियोमा मोडल राज टाइगर र प्रतीक्षा काफ्लेको अभिनय रहेको छ । यो भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।