ब्युटी न्युज नेपाल
काठमाडौं, १९ माघ
ईश्वरी बरालको स्वरमा नयाँ गीत ‘नैना रेशम’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो ईश्वरीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतका रचना र संगीत राजकुमार बगरले गरेका हुन् । जसमा नरेन्द्र वियोगीको एरेञ्ज रहेको छ ।
प्रेम भावको गीतमा आफूले माया गरेको मान्छे सबैभन्दा प्यारो हुने भाव व्यक्त गरिएको छ । माया गरेको मान्छेलाई मन मुटुमा सजाएको गीतमा भनिएको छ । गीतका शब्द रचना जति राम्रा छन् भिडियो पनि उत्कृष्ट बनेको छ ।
मुस्कान ढकालको निर्देशन र रोशन बिकेको कोरियोग्राफी रहेको गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोली र गायिका ईश्वरीको अभिनय छ । उत्तम हुँमागाईंको छायांकन रहेको गीतको भिडियोमा विकास ढकालको सम्पादन छ ।
सञ्चार कर्मसँगै गायन क्षेत्रमा आफूलाई तल्लीन राख्दै आउनुभएकी ईश्वरीका यसअघि ‘हरेक रात सपनीमा’, ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’, ‘लभ पर्न सक्छ’ जस्ता गीत श्रोता/दर्शकमाझ प्रिय छन् ।