नयाँ गीत मालतीको भिडियो लागत ६० लाख रुयैयाँ


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ कात्तिक

६० लाखको लागतमा नेपाली गीतमा एउटा म्युजिक भिडियो बनाईएको निर्माण पक्षले दाबी गरेको छ । नयाँ गीत मालतीको महँगो भिडियो बनाईएको छ । गीतको भिडियोलाई थाइल्याण्डमा छायांकन गरिएको यसका निर्देशक निर्देशक सञ्जय न्यौपानेले बताएका छन् । ६० लाख खर्च गरिएको यो गीतको भिडियोले त्यसको एक चौथी रकम उठाउने पनि सँभावना भने देखिन्न ।

यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत रहेको छ । गीतलाई ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीले गाएका छन् ।

यो भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले मुख्य भूमिका छ । यो गीतको भिडियोलाई एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।

यो गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । यो गीतका सार्वजनि तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन् । साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तरराष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।