रंजित र रचनाको अभिनयमा आयो नयाँ गीत हिक्क हिक्क छ मलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ कात्तिक

थुप्रै गीतमा मोडलिङ गरिसकेका मोडल रंजित पौडेलको मुख्य भूमिका रहेको नयाँ गीत ‘हिक्क हिक्क छ मलाई…’को भिडियो दशैं तिहारको अबसर पारेर हालै बजारमा आएको छ । यो गीतको भिडियोलाई सिञ्जाली ग्रुप नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा मोडल रंजित सिञ्जालीसँगै रचना न्यौपानेको अभिनय रहेको छ । रंजितको यसपटकको अभिनय पनि त्यत्तिकै राम्रो छ । यो गीतमा उनले एक सुन्दर युवतीलाई आफ्नो प्रेमिकाको रुपमा सम्झिएको दृष्य प्रस्तुत गरिएको छ । जब ती युवती रचना आफ्नो प्रेमीसँग मोटरवाईकमा चढेर जान्छिन् । त्यतिवेला रंजित झस्याङ हुन्छन् । गीतमा रंजित र रचनाको जोडी पनि त्यत्तिकै सुहाएको छ ।

राजन भुजेलले निर्देशन गरेको यो गीतको भिडियोलाई सरोज शाहीले खिचेका हुन् । जसमा निराजन केसीको सम्पादन एवम् रंग सँयोजन रहेको छ । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

गीतलाई गायक भिम मगर र गायिका टिका प्रसाईंले गाएका हुन् भने नारायण नेपालले लेखेको हुन । जसमा दीपक पाठकले संगीत सृजना गरेका छन् । यसमा विश्व अधिकारीको संगीत संयोजन र बिप्लभ अधिकारीको मिक्सिङ रहेको छ ।