म्युजिकल भिडियो आफ्नै स्वार्थमा पारिवारिक कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ कात्तिक

निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन् । यो गीतमा गायक धुर्व बिश्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ । भिडियोले दर्शकलाई भावुक र सोचमग्न बनाउँछ । परिवार र सम्बन्धको कथामा आफ्नै स्वार्थ तयार गरिएको छ ।

म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरुको अभिनय जिवन्त छ। निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्। म्युजिकल फिल्मको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास हुन्। ‘आफ्नै स्वार्थ’ पशुपति बृद्दाआश्रममा रहेका करिब ६ दर्जन बृद्द बृद्दाहरुलाई साक्षी राखेर आज भिडियो सार्वजनिक गरिएको हो। यु ट्युबमा भिडियो हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। समाजको यथार्थ कथालाई चित्रण गरिएको भिडियोले राम्रो संदेश समेत दिन्छ ।

 

रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल फिल्ममा सुभास गजुरेल,गीता श्री थापा,नारायण बिक,अनुस्कृति घिमिरे,दिपेश घिमिरे,सरिता कठायत,सम्राट दास,सरिता ढुंगाना,अग्नि सुवेदी,रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय रहेको छ। भिडियोमा युवाहरुको कथालाई गहन रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

हरी प्रसाद ढकालले छायांकन गरेको म्युजिकल फिल्ममा फुर्बा लामाको सम्पादन,श्याम कुँवरको कलर संयोजन,सुरेन्द्र क्षेत्रीको कास्टिंग निर्देशन रहेको छ। रीता देवी,कुमारी बीना दाहाल र प्रतिमा देवी दास कार्यकारी निर्माता रहेको म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन्। म्युजिकल फिल्म रेज इन्टरटेन्टमेन्ट यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।