ब्युटी न्युज नेपाल
काठमाडौं २३ असोज
लामो समय देखि अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका चलचित्र निर्देशक किशोर सुब्बाले सन्देशमूलक लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्…’को लिरिकल भिडियो जेपिजे इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारण पहिलो अभिभावकहरु सचेत नहुनु र दोस्रो कुरा युवा पुस्ताहरु जहाँको संस्कारमा हर्कियो त्यहीको भाषा, संस्कृति र संस्कार अंगाल्ने हुँदा सन्सारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले यो गीत ल्याएको उनले बताएका छन् ।
शब्द बिवस वेनाम, स्वर मनी ताम्लिङ्ग, दिपा सुहाङ्गको रहेको गीतको संगीत, एरेन्ज, मिक्सिङ्ग रेकर्डिङ्ग मनी ताम्लिङ्गले गरेका हुन । यसका सम्पादन मन्दिल श्रेष्ठ, निर्माण तथा निर्देशन किशोर सुब्बाको रहको छ । जेपिजे ईन्टरटेनमेन्ट, न्युयोर्कको सहकार्यमा म्युजिक भिडियो आगामी तिहार लगतै सार्वजनिक गरिने जानकारी निर्देशक किशोर सुब्बाले दिए ।