गोविन्द राईको घोर अन्याय भोमा शिल्पा र नेत्र


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १ असोज

गायक गोविन्द राईलृ आफ्नो स्वरमा नयाँ गीत ‘घोर अन्याय भो…’को भिडियो सार्वजनिक गरेका छन् । गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द र विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नेत्र चौलागाई, पुष्कर राउतको अभिनय छ । जसमा उनीहरुको प्रेम र रोमान्स देखाईएको छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग बिबाह गरेको देखाइएको छ । भिडियोमा शिल्पा र नेत्रको जोडी सुहाउँदोछ ।
भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो । मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ ।