ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ
‘तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१’ काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा २२ विधामा यो अवार्ड प्रदान गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न समारोहमा पूर्व मन्त्री पद्मा कुमारी अर्याल र अवार्डका अध्यक्ष सबिता पोखरेलले आ–आफ्नो क्षेत्रमा योगदान दिएका तीन नारीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान प्रदान गरे । कार्यक्रममा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको हो ।
समारोहमा कार्यक्रममा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रि«क गर्न सफल भए । गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । त्यस्तै ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्ती मगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड चुम्न सफल भए ।
अवार्डमा सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ कृष्ण लामिछाने (दुःखी करिम), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक कृष्ण केसी (जिन्दगानी के रैछ), सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा मोडल दिव्यानी वली (राजै), सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द विशाल क्षेत्री (सारीको आँचल), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत भानुभक्त ढकाल (ढल्काएर छड्के तिलहरी)ले अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज दोहोरी गीततर्फ जिन्दगानी चलेको छ जसोतसो गीतबाट शम्भू कुँवरले अवार्ड चुम्न सफल भए ।
सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिलातर्फको अवार्ड नारायणी खत्रीले ‘आफ्नै पारामा’ प्राप्त गरिन् भने पपुलर मोडलको अवार्ड कालि पसमकी गीतबाट स्मारिका ढकालले चुम्न सफल भइन् । सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगारको अवार्ड सरिता मगरले आउन राजा गीतबाट प्राप्त गर्न सफल भइन् भने सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड विक्रम चौहानले छमछमी नाचौं बरिलै गीतबाट प्राप्त गर्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड मै छोरीलाई गाह्रो भो गीतबाट स्मृति तिमिल्सिनाले प्राप्त गरिने भने सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङको अवार्ड कर्मैमा छैन गीतबाट कुमार रानाले प्राप्त गरे ।
त्यस्तै अवार्डमा सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजनको अवार्ड भने झलक संगीतम्ले कर्मैले घुमायो गीतबाट अवार्ड चुमे । सर्वोत्कृष्ट तीज गीत मौलिक शब्दतर्फ प्रेम सापकोटा सोनुले ‘काली पसम कि’ गीतबाट अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज गीत मौलिक संगीतको अवार्ड गम्किदे मादलुबाट सरोज कोइरालाले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज गीत मौलिक गायिकाको अवार्ड करिम गीतबाट जानकी तारमी मगरले चुम्न सफल भइन् । त्यस्तै अभिनेत्री पनाह अधिकारीले मल्टिट्यालेन्ट मोडलको अवार्ड प्राप्त गर्न सफल भइन् । सर्वोत्कृष्ट मौलिक तीज गीत एलिना चौहानको मनको परेको मान्छेले प्राप्त ग¥यो भने सर्वोत्कृष्ट डायस्पोरा गीत संगीता थापा मगरको लै बरिलै लै बन्न सफल भयो । सर्वोत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड लाली जोवन गीतबाट निर्मला राना मगरले चुम्न सफल भइन् भने जुरी अवार्ड मोडलतर्फको अवार्ड रितु तामाङले बबाल तीजबाट प्राप्त गरिन् ।
सोही कार्यक्रममा सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान अर्पण गरिएको थियो भने गीतकार गायिका थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य स्रष्टा सम्मान प्रदान गरिएको थियो । गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य गायन सम्मान प्रदान गरिएको थियो भने मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य कला सम्मान प्रदान गरिएको थियो । पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी उन्नती शर्मालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान प्रदान गरिएको थियो भने समाजसेवी उर्मिला पौडेल आचार्यलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।
कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा थिए । अवार्डलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमलाई सेसेमी लिम्बुले संचालन गरेकी थिइन् ।